काठमाडौँ, २६ पौष । जापानको पासपोर्ट संसारको सबैभन्दा बलियो पासपोर्ट बनेको छ ।
अब जापानको पासपोर्ट बोकेका मानिस बिना अग्रिम भीसा संसारका सर्वाधिक देश जान सक्छन् । यस मामिलामा विश्वका सर्वाधिक आय भएका देश, विश्वका अग्रणी इकोनॉमी भएका अमेरिका र चीन पनि जापान भन्दा धेरै पछाडि छन् ।
पासपोर्टको ‘ग्लोबल र्याङ्किङ’ मा जापानको पासपोर्ट नम्बर १ भएको छ । ‘हेनली एण्ड पार्टनर्स’ ले प्रकाशित गरेको वर्ष २०२१ को ‘पासपोर्ट इण्डेक्स ग्लोबल र्याङ्किङ’मा जापान १ नम्बरमा पुग्न सफल भएको छ ।
कुनै पनि देशको पासपोर्ट भैल्यू जान्ने उपाय यो नै हो त्यस देशको पासपोर्ट बोकेका मानिसलाई अग्रिम भीसा नलिई कति देशमा प्रवेश गर्न पाइन्छ । अर्थात ‘भीसा अन एराइभल’ को सुविधा हुन्छ ।यस सम्बन्धी तथ्याङ्क इन्टरनेश्नल एयर ट्रान्सपोर्ट असोसिएसन (IATA) ले उपलब्ध गराउँछ । ‘आईएटीए’ ले उपलब्ध गराएको तथ्याङ्क अनुसार जापानका पासपोर्ट धारकले विश्वका १९१ देशमा अग्रिम भीसा नलिई प्रवेश गर्न सक्छन् । विश्वको महाशक्ति मानिने अमेरिकाको पासपोर्टलाई ‘ग्लोबल इण्डेक्स’मा ७ औं स्थान प्राप्त भएको छ। चीन भने यस सूचीमा ७० औं स्थानमा रहेको छ ।










प्रतिक्रिया दिनुहोस्