काठमाडौँ, २६ पौष । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ९० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५ सय १३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय १७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्