काठमाडौँ, २८ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएको अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले सूर्य चिन्ह र आधिकारिकता नपाउने भएका छन ।
प्रचण्ड र नेपाल समूह सोमबार निर्वाचनको तयारीको काम अघि नबढाउन आग्रह गर्दै आयोगमा पुगेका उनीहरुलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको बिधान, बैठक बोलाउने बैधानिक ब्यवस्था र अध्यक्षको हैसियतबारे प्रष्टै जवाफ दिएका छन ।
थपलियासहितका आयोगका पदाधिकारीहरुले आफूहरु संबिधानअनुसार सरकारले घोषणा गरेको निर्वाचन गराउने दायित्वमा रहेको बताएका छन । ‘तपाईहरुले आयोगमा बुझाएकै बिधानले तपाईहरुको बैठक बैधानिक हो भन्छ र ? तपाईहरुको राजनीतिमा आयोगलाई नतान्नोस, आयोगले मुलुकको संबिधान र तपाईहरुको बिधान हेर्छ, अध्यक्ष को छ ? महासचिव को छ ? बिधानअनुसार बैठक बसेको छ कि छैन भन्ने तथ्य हेरेर निर्णय दिन्छ,’ आयोग पदाधिकारीको जवाफ थियो । आयोगले माधव नेपाललाई नेकपाको अध्यक्ष मान्नै नसकिने तथ्य पनि राखिदिएको छ ।
‘बिधिवत रुपमा नेकपाको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड हुन, दुईको सहमति र महासचिवले बिधिवत रुपमा राखेको प्रस्तावमा हुने निर्णय मात्रै बिधानअनुसार मान्यता पाउँछ, अन्यथा आयोगले त्यस्ता निर्णयलाई मान्यता दिँदैन,’ प्रचण्ड र माधवलाई निर्वाचन आयोगको जवाफ थियो । आयोगको यो भनाईले नेकपा र सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको मुल पार्टीमै रहने प्रष्ट भएको छ ।










प्रतिक्रिया दिनुहोस्