Banner News

थप ३४८ जनामा कोरोना संक्रमण, ४ सय ४१ जना डिस्चार्ज



काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ४ सय ४१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६२ हजार २ सय ५९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ६९ जना पुगेको छ ।