समाचार

आजको मौसम



काठमाडौँ, ९ माघ । हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले विहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरोसमेत लागे पनि दिउँसो क्रमशः हट्दै जाने महाशाखाले जनाएको छ ।  आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश १, वाग्मती, गण्डकी  र लुम्विनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले काठमाडौंको भिजिविलिटी चार हजार मिटर रहेको छ । यसले हवाई उडान तथा अवतरणमा कुनै असर गर्दैन । विमान उडान तथा अवतरणका लागि १५ सय मिटर भिजिविलिटी भए पुग्छ ।