काठमाडौँ, १० माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको बताइएको छ । झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकेको छैन ।
अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका देशभरका धेरै ठाउँहरुमा कुहिरोले ढाकेको छ । तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
तराईका धेरैजसो ठाउँहरुमा बिहानीपख बाक्लो हुस्सु् र कुहिरो लाग्ने हुँदा चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाडौँमा हिजोभन्दा आज केही न्यानो महशुस गरिएको छ । हिजो ३ दशमलव ५ डिग्री न्यूनतम तापक्रम रहेको काठमाडौँमा आज बिहानको तापक्रम ४ दशमलव १ डिग्री पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्