Banner News

थप २७० जनामा कोरोना संक्रमण, ४ सय ३ जना डिस्चार्ज



काठमाडौँ, ११ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ४ सय ३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६४ हजार १ सय ३७ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ हजार १ जना पुगेको छ ।