सुर्खेत, १२ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन् ।
आज कालिकोट जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका हुन् ।
उनले पछिल्लो समय देशमा राजनीतिक अस्थिरता, बाहिरी हस्तक्षेपसमेत बताउदै उनले भने, ‘नेकपाभित्रकै केही तत्वले गर्दा प्रतिनिधिसभा विघटन भयो,’ उनले भने, ‘हाम्रै केही साथीलाई पद चाहिएको थियो ।’ उनले प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट निश्कासन गर्ने कुरा सम्भव नै नभएको बताउँदै प्रचण्ड–माधव पक्षले गरेको निर्णयको कुनै अर्थ नरहने जिकिर गरे ।










प्रतिक्रिया दिनुहोस्