समाचार

आजको मौसम



काठमाडौँ, १३ माघ । हाल देशमा पानी पार्ने शक्तिशाली  प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन । आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने छ । पश्चिम तराईका केही ठाउँमा केही दिनदेखि घाम नै नदेखिएको र बाक्लो हुस्सु र कुहिरोको कारण तराईका नागरिकको जनजीवन प्रभावित भएको छ ।

त्यस्तै आज काठमाण्डौको न्यूनतम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो ।