काठमाडौँ, १४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरूका गतिविधिबारे निगरानी बढाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले पुस २९ गते बागमती गाउँपालिका गिम्दीबाट उनलाई पक्राउ गरेको थियो । फरार प्रतिवादीलाई पक्राउ गर्न जाँदा प्रहरीले बाँस्तोलासहित विवेक कुमाल र रखायल मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
अर्का नेता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० भने सोही ठाउँबाट फुत्किएका थिए । पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी परिसरमा राखिएको छ । उनीहरूलाई पक्राउ गर्दा ल्यापटप, डायरीलगायत सामग्री बरामद भएपछि त्यसैको आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्