समाचार

कोटेश्वरमा आगलागी हुँदा २० लाखको क्षति



काठमाडौँ, १४ माघ । काठमाडौँको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।

जस्ताको टहरोमा सन्चालित सो सेकुवा कर्नर धिरज राईले सन्चालन गर्दै आएका थिए । सेकुवा पोल्ने कोइलाबाट आगलागी भएको प्रहरीले जनाएको छ ।