Banner News

थप २८३ जनामा कोरोना संक्रमण, २ सय ४६ जना डिस्चार्ज



काठमाडौँ, १४ माघ । थप २ सय ८३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ४६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६५ हजार ६९ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या  २ हजार २० जना पुगेको छ ।