Banner News

आज देशभर ९०८४ जनाले लगाए कोरोना खोप



काठमाडौँ, १४ माघ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन आज देशभर ९ हजार ८४ जना व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएको हो । मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा २ हजार ६९४, गण्डकीमा १ हजार ८४३, लुम्बिनमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् ।

खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै देशैभर खोप लगाउन सुरू गरिएको हो।

भारतले अनुदानमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो ।