काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्दैछ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली गर्न सूची प्रकाशित हुने छ साथै आज पालिकाहरुका केन्द्रमा मतदाता नामावलीका सूची प्रकाशित हुनेछ ।
भोलि र पर्सि दुई दिन यो नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ । नामथर त्रुटि भएमा सच्याउन निवेदन दिने, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटाे विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुरी दिन सकिने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आउँदो २१ गतेसम्म नामावली अद्यावधिक गरिने छ । यसपछि मतदाताको नामावली जिल्ला जिल्लामा पुग्ने छ र जिल्लाले निर्वाचन आयोगमा मतदाता नामावली पठाउने छ । आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो ।










प्रतिक्रिया दिनुहोस्