समाचार

कुलोमा डुबेर एक बालकको मृत्यु



बुटवल, १६ माघ । पाल्पामा कुलोमा डुबेर १९ महिनाका बालकको मृत्यु भएको छ ।

जिल्लाको  रामपुर नगरपालिका ५ मटेरी बस्ने योगमाया थापाको १९ महिनाको छोरा प्रतिन थापाको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कुलोमा डुबेलगत्तै उपचारका लागी रामपुर अस्पताल पाल्पा ल्याइए पनि बच्चालाई डाक्टरले तत्काल मृत घोषणा गरेको थियो  ।