काठमाडौँ, १८ माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागका थोरै र तराईका अधिकांश भूभागहरुमा हुस्सु/कुहिरो लागेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश नम्बर–१ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस रहेको छ ।










प्रतिक्रिया दिनुहोस्