समाचार

टोखामा विद्यार्थीद्वारा रक्तदान



काठमाडौँ, १८ माघ । कोभिड–१९ को महामारीमा रगतको अभाव भइरहेका बेला टोखा नगरपालिका स्वास्थ्य शाखा, बसुन्धरास्थित साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शनिबार स्वास्थ्य परीक्षणका साथै रक्तदान आयोजना गरिएको छ ।

रगतको अभाव कम गर्न र रचनात्मक सामाजिक सेवामा विद्यार्थीलाई प्रेरित गर्न कार्यक्रम गरिएको रिसर्च सेन्टरका अध्यक्ष एवं साउथवेस्टन स्टेट कजेलका सहायक प्रिन्सिपल हरिसिंह केसीले बताउनुभयो ।

सो कलेजमा अध्ययनरत बिएसडब्लु(स्नातक तह, सोसल वर्क)का विद्यार्थीको संयोजनमा गरिएको कार्यक्रममा करिब १०० जनाले रक्तदान गरेको जनाइएको छ । विद्यार्थी समूहका संयोजक विद्यार्थी अभिशेक शर्माले विद्यार्थीले वृद्धाश्रममा खाना खुवाउने, लत्ता कपडा तथा औषधि वितरणलगायतका सेवामूलक कार्यक्रम गर्दै आएको जनाउनुभयो । रासस