बुर्जुवा शिक्षा बहिस्कार गर्दै जनवादी शिक्षा प्रणालि ल्याउने भन्दै लाखौ बिद्यार्थीको भबिस्यमाथी खेलबाड गर्दै युद्धमा होमिन प्रेरित गरि शिक्षाको उज्यालो ज्योतीबाट बन्चित गरेका कमरेड रन्जित तमाङ आफ्नो सन्तानलाई भने महिनाको लाखौ रुपैया तिर्नुपर्ने रातो बङ्गलामा पढाउन सक्ने हैसियत कसरी बनेको छ ? आम जनता तपाइले शिक्षाबाट बन्चित गरेका हजारौं लाखौं बिद्यार्थीलाई तपाइले उत्तर दिनुपर्ने जरुरत छ ।
कुनै बेला यस्ता बुर्जुवा शिक्षा पढेर काम छैन, जनवादी शिक्षा र बैज्ञानिक शिक्षाको वकालत गर्दै पढाइबाट बन्चित गरेर भविष्य अन्धकार बनाएको जिम्मा तपाईं र तपाइको नेतृत्वले लिनुपर्ने हो कि होइन कमरेड ? आज सारा विश्व संस्कृत शिक्षाको खोज अनुसन्धान र अध्ययनमा जुटेको छ । जर्मनका चौधवटा विश्वविद्यालय अक्स्फोर्ड हवार्ड जस्ता ठूला विश्वविद्यालयमा संस्कृत शिक्षा अनिबार्य पढाइदै गर्दा कमरेड संस्कृतको जननी मुलुकमा अबको दश वर्षपछी जर्मन र अमेरिकाबाट संस्कृत शिक्षक ल्याउनुपर्ने बाध्यत्मक अबस्था कस्ले सृजना गर्यो यस्को उत्तर तपाईं र तपाइको नेतृत्वले गर्नुपर्ने हो कि होइन ?
हामीलाई थाह छ तपाईं पनि हामी जस्तै साधारण परिवारको सन्तान हो । तर आज तपाइको जिवनस्तर र हाम्रो जिवनस्तर कति फरक छ रु हेर्नुस् आज हामी रोजिरोटिको लागि लडाइ लड्दै छौ तर तपाईं अलिसान विद्यालयमा नेपालकै महङ्गो स्कुलमा आफ्नो सन्तानलाई पढाइरहनु भएको छ । तर त्यो आपत्तिको विषय होइन कमरेड । तर निशुल्क शिक्षाको वकालत गर्ने तपाईं र तपाइको पार्टीको अधिकाशं नेता कार्यकर्ताको निजि विद्यालय र निजि अस्पतालमा अत्याधिक लगानीप्रतिको मोह किन कमरेड ?
आज तपाइहरुले निशुल्क शिक्षा र स्वास्थको वकालत गर्दै जनयुद्धको घोषणा गरि १७ हजार नेपालीको रगत बनाएको तपाइहरुको बिलाशी जीवन बिताउनको लागि नै थियो त कमरेड रु तपाइको पार्टीको नेतृत्व बारम्बार सत्ताको नेतृत्व गर्दा पनि जनयुद्धको मुलभुत मुद्दा समेट्न नसक्नुको कारण के हो रु शिक्षा स्वास्थ्य र रोजगारको राज्यले ग्यारेन्टी गर्ने माग कहाँ कुन कुनामा थन्किएको छ रु कमरेड कहिले पूरा हुन्छ तपाइको नेतृत्वलाई सत्ताप्राप्तीको यत्रो आशक्ती छ त स्कुले बालिका निर्मला पन्त जस्ता चेली न्याय नपाएर भौतारिएका छन् । तपाइको आवाज कहिल्यै सुनिएन । आज पनि हजारौं स्कुल जान योग्य बालबालिका आधारभुत शिक्षाबाट समेत बन्चित छन् तर तपाइको आवाज कहिल्यै यस्ता विषयमा सुनिदैन । मात्र सुनिन्छ सत्ता प्राप्तिको माया, मोह, लालचा ।
‘कुनै समयमा खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थल भनेको संसद र संसदिय प्रणाली हो’ यस्तो ब्यबस्थाविरुद्ध हतियार उठाएका कमरेडहरु आज यहि संसदप्रतिको यत्रो मोह ! किन ताजा जनादेशमा जान डराउनु हुन्छ ? कमरेड तपाइ र तपाईंको नेताको जिवनस्तर उकास्न मात्र सायद जनयुद्धरुपि धनयुद्व र जनआन्दोलन पक्कै भएको थिएन होला । अनि एकपटक चालीस शुत्रीय माग हेर्नू होला तपाइको मागपत्रमा धर्म निरपेक्षता र संघीयता जस्ता मुद्दा कहिकतै उल्लेख थिएन ।
त्यसैले यो जनयुद्धको उपलब्धी होइन भन्ने सामान्य हेक्का त होला नै कमरेड क्रान्तिकारी नाम राख्दैमा क्रान्तिकारी भइदैन । कमरेड आम जनताले आमूल परिवर्तन हुने ब्यबस्था ल्याउन सकेमात्र पो क्रान्तिकारी भइने हो कि त कमरेड यस्ता प्रस्न आम नेपाली जनता अभिवावकहरुको मनमा अनुत्तरित नै छन आशा छ अखिल क्रान्तिकारिका संयोजकको हैसियतले जवाफ दिनु हुनेछ ।
सन्दीप खनाल
प्रतिक्रिया दिनुहोस्