समाचार

आजको मौसम



काठमाडौँ, १९ माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आशिंक बदली रहेको छ र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका अन्य बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

काठमाडौँको आज विहान साढे ६ बजेको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस मापन गरिएको हो । आज दिउँसो काठमाडौंको तापक्रम १७–१९ डिग्री सेल्सियस रहने छ ।