झापा, १९ माघ । जिल्लाको शिवसताक्षीमा पिकअप भ्यानको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धरमपुर पाराबारीस्थित भित्री सडकमा मे १ ज १५२८ नम्बरको पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका वडा नं १ बस्ने ३० वर्षीय राजकुमार फेवादिन लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार पिकअप चालक सिरहा गोलबजार बस्ने मनोज यादव फरार छन् । पिकअपलाई भने इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्