काठमाडौँ, २० माघ । काठमाडौँको कोटेश्वरबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोटेश्वर बस्ने विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा काभ्रेको चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नगद एक लाख ४७ हजार ३०० रुपैयाँ र एक बुक तास समेत फेला पारी पक्राउ गरेको प्रहरीले जनाइएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्