काठमाडौँ, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग भएर चुनावमा देश गइसकेको बताएका छन् ।
आज राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई हानी होस् भन्ने समेत बिर्सेर केही व्यक्ति जित्न खोजिरहेको बताएका छन् ।
संसद विघटनको जित र हारको विषयमा भइरहेको उनको भनाइ छ । उनले भने, ‘संसद विघटन पनि जित र हार विषय बनिरहेको छ। संसद भंग भइसक्यो । चुनाव आउन लागिसक्यो। केही मानिसहरू चुनाव हुन्न भनिरहेका छन् । केहीका लागि होइन । जिते भन्ने पार्नका लागि। चुनावै गएर जित्ने ठाउँ छ नि। तर यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ ।’
ओलीले इतिहासमा जीत र हारको ठुलो अर्थ हुने बताए । नेपाल कहिल्यै कसैसँग नहारेको बताए । उनले भने, ‘हामी कहिल्यै कसैसँग हारेनौं तर खेलमा किन जितिरहेका छैनौं ?’ अब खेलमा पनि जित्नुपर्ने बताए ।, ‘अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो, ‘कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने ?’
खेलकुदका प्रशिक्षकहरुलाई तालिमको शुरुमा क्षमता हेरेर मात्र छनोट गर्न आग्रह गरे । उनले भने, ‘मलाई पोल जम्पमा छानेर पठाउनुभयो भने तपाईंको गल्ती । मेरो छनोट हुनुहुँदैन । मलाई माया त गर्नुहुन्छ नि । माया गर्नु आफ्नो ठाउँमा छ तर छनोटमा सही मान्छे पर्नुपर्छ । क्षमतावान छनोट गर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्