Banner News

संवैधानिक आयोगका पदाधिकारीहरुद्वारा सपथ ग्रहण



काठमाडौँ, २१ माघ । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेका पदाधिकारीहरुले आज सपथ ग्रहण भएको छ ।

राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले मंसिर ३० गते नियुक्त भएका सबैको बुधबार सपथ ग्रहण सम्पन्न भएको जानकारी दिए ।

सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार आज उहाँहरुलाई सपथ ग्रहण गराइएको हो ।

गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो ।