Banner News

विश्व स्वास्थ्य संगठनले नेपाललाई २२ लाख ५६ हजार डोज खोप दिने



काठमाडौँ, २२ माघ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई यसै महिनाको अन्त्यसम्म २२ लाख ५६ हजार डोज खोप दिने भएको छ ।

कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो ।

नेपालले उक्त खोपलाई आपतकालिन प्रयोगमा ल्याएको एक सातापछि डब्लुएचओले यस्तो घोषणा गरेको हो । नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । १८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन् ।