अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २५ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ६ सयले बढेर सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।