समाचार

टिपरको ठक्करबाट एक जनाको मृत्यु



गोरखा, २६ माघ । गोरखाको सुलीकोट गाउँपालिका-५ दुकुर्नेस्थित सडकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बेलुका दुकुर्नेस्थित सडकमा ग.१ ख ७५८८ नम्बरको टिपरबाट झर्ने क्रममा टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३२ वर्षीय लालबहादुर बरामको मृत्यु भएको हो ।

घाइते भएका बरामको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको गोरखा प्रहरीले जनाएको छ ।