काठमाडौँ, २७ माघ । सरकारले दुई चरणमा निर्वाचन गर्ने जिल्लाको टुंगो लगाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने टुंगो लगाएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने छ ।
त्यस्तै दोस्रो चरणमा २७ वैशाखमा बाँकी तीन प्रदेशमा निर्वाचन गराउने निर्णय भएको छ । प्रदेश १, बाग्मती र कर्णालीमा दोस्रो चरणमा निर्वाचन हुनेछ । कुन प्रदेशमा कहिले निर्वाचन गराउने भन्ने विषयमा सुरक्षा परिषद्ले तय गरेको थियो । सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।










प्रतिक्रिया दिनुहोस्