समाचार

दिउँसो काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने



काठमाडौँ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण आज दिउँसो काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालिने भएकाले बिहान १० बजे पछिदेखि नै ट्राफिक व्यवस्थापनमा चाप बढ्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चक्रपथ भित्रको सडकमा समस्या बढ्ने भएकाले सकेसम्म चक्रपथको सडक मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।