समाचार

तारकेश्वरमा फेरि बर्ल्डफ्लु भेटियो



काठमाडौँ, २९ माघ । काठमाडौँको तारकेश्वर नगरपालिकाको साङ्लेखोला छापका किसानले पालेका हाँसमा बर्डफ्लु पुष्टि भएको हो ।

आज साङ्लेखोला छापका किसान प्रल्हाद तामाङ र उनका छोरा सुमनले पालेको हाँसमा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले जानकारी दिए । केही दिनअघि स्थानीय किसानले पालेको हाँसको नमुना त्रिपुरेश्वरको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि बर्डफ्लु भएको पुष्टि भएको हो ।

बर्डफ्लु पुष्टि भएसँगै ‘र्‍यापिड रेस्पोन्स टिम’ ले एक हजार चार सय हाँस र ६५ कुखुरा नष्ट गरेको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको छ । केही दिनअघि तारकेश्वर ७ को साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो ।