समाचार

हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार



ताप्लेजुङ, ३० माघ । ताप्लेजुङबाट एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले जानकारी दिए । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको छ ।