काठमाडौँ, १ फागुन । काठमाडौँ जिल्लाभित्रका स्थानीय तहले सिर्जनात्मक र नयाँ कार्य गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब चार वर्ष पुग्न लाग्दा काठमाडौँभित्रका नगरपालिकाले फरक प्रकृतिका सिर्जनात्मक काम गर्ने सुरु गरेका हुन् । स्थानीय तहमा सरकार भएको महसुस गर्ने गरी यहाँका नगरपालिकाले नवीन कार्य गर्न लागेका हुन् ।
कुनै नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्न सुरु गरेका छन् भने कतै एक घर एक बिरुवा अनिवार्य रोप्ने कार्यलाई अभियानका रूपमा अगाडि बढाएको छ । कुनै नगरपालिकाले शान्ति सुरक्षाका लागि नगरको चोक चोकमा सीसीटीभी जडान गरेका छन् ।
स्थानीय नागरिकका चाहना, आवश्यकताअनुसार विकास निर्माण र सुशासनका काम गर्ने योजना यहाँका नगरपालिकाले अगाडि बढाएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्