बुटवल, १ फागुन । उर्जामन्त्री, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौं रकमको हिसाबकिताब गर्ने समय आएको बताउनुभएको छ ।
बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटि सदस्य तथा मन्त्री रायमाझीले युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ ।’
प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ गरिरहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो ? पार्टीभित्रै मिलाउनुपर्दैन ? उहाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभो, साथीहरूले बाटो बिराउनुभएको छ ।’










प्रतिक्रिया दिनुहोस्