राजनीति

नागढुङ्गा–नौबिसे सुरुङ मार्ग: नेपालमा प्रविधि हस्तान्तरणको परियोजना



काठमाडौँ, २ फागुन । नागढुङ्गा–नौबिसे  सुरुङ  मार्ग नेपालमा  प्रविधि  हस्तान्तरणको  परियोजना  बनेको  छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् ।

प्राविधिकका  अनुसार करङ  भनेको  सुरुङ  खन्दा चट्टान  फेला  नपरेको  कमजोर  भूसंरचनालाई गुम्बज आकारमा  स्थायी  संरचना  बनाउन  दिइने  फलामे  टेको हो । यो  टेकोसँगै  कङ्क्रिटको प्रयोगले  सुरुङलाई  बलियो पारिन्छ ।  यससँगै  कतिपय  अवस्थामा फलामे  बाकसको संरचना पनि आवश्यक हुन्छ । नेपालमा  सुरुङ  निर्माणको  परम्परा जलविद्युत् क्षेत्रमा मात्र  छ ।

सडक  निर्माणको  इतिहासमा  नै  पहिलो  पटक नागढुङ्गा–नौबिसे  सडक  खण्डमा  सुरुङ  खन्ने काम भइरहेको छ । जलविद्युत्का  उपकरण  निर्माण  गर्ने  कम्पनी  नेपाल हाइड्रो   एन्ड  इलेक्ट्रिक लिमिटेडले   नेपालको   पहिलो सुरुङ  मार्गका  लागि  उपकरण  निर्माण  गर्ने  अवसर पाएको हो ।

जापान  सरकारको  सहयोगमा  निर्माण  हुन  लागेको सुरुङको काम चाहिँ जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ । सुरुङ  निर्माणको  प्रविधि  नेपालमा  नितान्त  नयाँ  होध्र यसमा  पनि  अन्य  निर्माणमा  ज‚तै  सिभिल,  मेकानिकल र इलेक्ट्रिकललगायतका  काम हुने  गर्छ ।  सुरुङका लागि    आवश्यक करङको उत्पादन  मेकानिकल इन्जिनियरिङअन्तर्गतको काम हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।