काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ ।
संसद विघटन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।
गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्