राजनीति

नेतृ झाँक्रीको तर्कः हत्या र भ्रष्टाचार गर्न पाउनुपर्छ (भिडियोसहित)



काठमाडौँ, ३ फागुन । एक पछि अर्को गर्दै विवादको चंगुरमा पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ रामकुमारी झाँक्रीले पुनः अर्को विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।

केही दिन अघि प्राइम टेलिभिजनमा ऋषी धमलासँगको अन्तरवार्ताका क्रममा नेतृ झाँक्रीले हत्या र भ्रष्टाचार गर्न पाउनुपर्छ, राज्यले कारवाही गर्नु हुँदैन र आफ्नो समूहका नेताले गरेको भ्रष्टाचार र हत्यामा सरकारले रोक्न नसक्ने अभिव्यक्ति दिनुभएको छ । पुष्पमकल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले गरेको बालूवाटर, लडाकु समायोजनलगायतका भ्रष्टाचारका काण्डहरुमा सरकार तथा अख्तियारले कारवाहीको प्रकृया अगाडी बढायो नि ? भनि गरिएको प्रश्नमा नेतृ झाँक्रीले प्रचण्ड–माधवलाई भ्रष्टाचारको कुरामा छोएर त हेर । अनि के हुन्छ भनि धम्की दिनुभएको छ ।

यसरी मिडियामा नै युवा नेतृ झाँक्रीले खुलम खुल्ला रुपमा भ्रष्टाचार र हत्या गर्न पाउनुपर्छ भन्ने आसय व्यक्त गर्नु मुलुक कुन दिशामा गइरहेको छ भन्ने आम नेपाली जनताको चासोको विषय बनेको छ । युवा नेतृ जसले भोलीका दिनमा मुलुकको महत्वपूर्ण जिम्मेवारी संहाल्नुपर्नेमा भ्रष्टाचार गर्नेलाई छोएर त हेर, अनि के हुन्छ भनि सरकार तथा कानुनलाई धम्की दिनेले भोली नेतृत्व गर्दा के गर्लान ? यो हेर्न बाँकी छ ।

भिडियो