समाचार

सपनालाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ



काठमाडौँ, ४ फागुन । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरललाई धमकी दिने विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।

काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका बस्नेतविरुद्ध मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।