समाचार

१७ र २१ वर्षीया युवती बलात्कृत, दुई जना युवा पक्राउ



काठमाडौँ, ६ फागुन । काठमाडौँमा १७ र दार्चुलामा २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् ।

काठमाडौंमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१० मा बसोबास गर्दै आएका खोटाङ खिदिम गाउँपालिका–७ का १९ वर्षीय सागर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस्तै दार्चुलामा २१ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौगाड गाउँपालिका–१ सतलाका २३ वर्षीय पानसिंह ठगुन्नालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दुबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।