समाचार

थप ९७ जनामा कोरोना संक्रमण, ११४ जना डिस्चार्ज



काठमाडौँ, ७ फागुन । थप ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार २ सय ६३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६९ हजार ६ सय १९ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या २ हजार ६१ जना पुगेको छ ।