काठमाडौँ, १० फागुन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी आन्तरिक र बाह्य सबै तयारी तीव्र रूपमा अगाडि बढाइरहेको बताउनुभएको छ ।
निर्वाचनको तयारीबारे आइतबार गोरखापत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो, “आयोगले कार्यतालिकाअनुसार नै काम गरिरहेकाले ढिला भएको छैन ।” दलसम्बन्धी विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन गराउन आयोगले आफ्नो तयारी तीव्र रूपमा अगाडि बढाएको जानकारी पनि उहाँले दिनुभयो ।
कुनै पनि राजनीतिक दललाई निर्वाचनबाट विमुख नगरिने उहाँले बताउनुभयो । दलसम्बन्धी विवाद कायम राखी निर्वाचनमा जान हुँदैन भन्नेमा आयोगको स्पष्ट धारणा रहेको बताउँदै उहाँले निर्वाचनमा आवश्यक पर्ने सबै प्रकारका कार्यविधि तयार भएको बताउनुभयो ।
आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गर्दा दलसम्बन्धी विवाद पनि सँगसँगै समाधान गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद आयोगमा अहिले पनि विचाराधीन छ । नेकपाको विवाद कसरी समाधान गर्ने भन्ने टुङ्गो अझै लागेको छैन ।










प्रतिक्रिया दिनुहोस्