Banner News

प्रतिनिधिसभा विघटन मुद्दाको पेसी आज ‘हेर्दाहेर्दै’मा



काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजका लागि ‘हेर्दाहेर्दै’ को पेसी तोकिएको छ ।

हिजो दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरुलाई बहसनोट पेस गर्ने समयसीमा तोकेको सर्वोच्च अदालतले आजका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।

सर्वोच्च अदालतले अबको केही दिनमै प्रतिनिधिसभा विघटन मुद्दाबारे फैसला सुनाउने तयारी गरेको छ । प्रभाव र दबाब बढ्न सक्ने भएकाले जतिसक्दो छिटो फैसला सुनाउनुपर्ने पक्षमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हुनुहुन्छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनावको मिति तोक्दै प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो ।