समाचार

आजको मौसम



काठमाडौँ, १३ फागुन । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ । तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज बिहानको काठमाडौँको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो काठमाडौँको तापक्रम २५–२७ डिग्री सेल्सियससम्म पुग्ने छ ।