समाचार

टिप्परको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, १४ फागुन । काठमाडौँको दक्षिणकाली नगरपालिका-६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गएराती नाम्चेखानीबाट फर्पिङका लागि छुटेको बा २ क ४५५३ नम्बरको टिप्परको ठक्करबाट मकवानपुर भीमफेदी गाउँपालिका-८ का ३५ वर्ष सन्तलाल लुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतलामा उपचारको क्रममा मृत्यु भएको र टिप्पर चालकलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेरेको प्रहरीले जनाएको छ ।