काठमाडौँ, १६ फागुन । हाम्रा देशमा कति गाउँ छन् ? सहर कति छन् ? स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २६० वटा नगरपालिका छन् । तर, त्यहाँ हुनुपर्ने सेवासुविधा, पूर्वाधार विकास देखिँदैन । गाउँ त गाउँ नै रह्यो । अब भने सरकारले २०७८ को राष्ट्रिय जनगणनामा गाउँ र सहर छुट्याउने गरी विवरण संकलन गर्ने भएको छ ।
केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाईंले जनगणनामा गाउँ र सहर छुट्याउन छुट्टै प्रश्नावली बनाइएको जानकारी दिए । जनगणनाको १ सय १० वर्षको इतिहासमा पहिलो पटक सामुदायिक प्रश्नावली त्यसकै लागि तयार पारिएको छ । सामुदायिक प्रश्नावलीले सहर र गाउँलाई छुट्याउने निर्देशक चौलागाईंको भनाइ छ ।
स्थानीय तहको वडासम्म पुगेर सुपरिवेक्षकले त्यो प्रश्नावली भराउनेछन् । सहरी सेवासुविधामा बडावासीको पहुँचको अवस्थाको छुट्टै प्रश्नावली राखिएको छ । भौतिक पूर्वाधार, आर्थिक पूर्वाधार/सेवासुविधाको अवस्थाबारे विवरण संकलन गरिनेछ । इन्टरनेट, विद्युत्, क्याम्पस, अस्पताल, एम्बुलेन्स सेवा, बजार, बैंक तथा वित्तीय संख्या, सहकारी संख्यालगायत भौगोलिक क्षेत्रभित्र सेवासुविधा उपलब्धताको अवस्थाबारे एक/एक तथ्यांक संकलन गरिनेछ। यसका लागि विभिन्न प्रश्नावली सोधिनेछ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्