काठमाडौँ, १६ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले घटेर ८८ हजार ३ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्