Banner News

थप ७८ जनामा कोरोना संक्रमण, ८२ जना डिस्चार्ज



काठमाडौँ, १६ फागुन । थप ७८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय ६२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७० हजार ४ सय ७ जना रहेको छ । आज थप १ जनाको मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ जना पुगेको छ ।