Banner News

सरकार र विप्लवबीचको पहिलो चरणको वार्ता सकियो



काठमाडौँ, १९ फागुन । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ ।

वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेका छन ।ज विहान दुबै पक्षको वार्ता टोलीबीच पहिलो चरणको वार्ता भएको हो । स्रोतका अनुसार आजको वार्ता सकिएको र फेरि बस्ने बताइएकोछ । वार्ता स्थान गोप्य राखिएको छ ।

त्यस्तै वार्तापछि परराष्ट्र सल्लाहकार डा. भटटराईले ट्वीटमार्फत वार्ता सकारात्मक रहेको जानकारी दिएका छन । उनले भनेका छन, पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।