राजनीति

सरकार र विप्लव समूहबीच भएको सहमति सकारात्मक: अध्यक्ष थापा



काठमाडौँ, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सरकार र विप्लव समूहबीच भएको तीन बुदेँ सहमति सकारात्मक भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल टीटरमा लेखेका छन्, ‘नेपाल सरकार र नेकपा विप्लव समुहका बिचमा भएको सहमति सकारात्मक छ।सम्वाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागत योग्य छ।’

बिहीबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ ।