काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गतिमा अगाडि बढेकाले अव कसैले रोक्न नसक्ने बतएका छन ।
आज सिन्धुलीमा आयोजित सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्ययीय आयोजनाको शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई मधेश पस्न नदिए पनि सिँचाइका लागि पानी पसाएरै छाड्ने बताए छ । उनले भने, ‘देश अब अगाडि बढ्यो–बढ्यो ढुक्क हुनुहोस्’ ‘हाम्रो उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली रहेकाले एउटा ढल्दा हजार बनेर निस्किन्छौं ।’
प्रधानमन्त्री ओलीले कोरोना खोप आइसकेकाले अब कोभिड १९ ले पनि दुःख दिन नसक्ने बताए । उनले सबै नेपाली जनतालाई निःशुल्क खोप उपलब्ध गराउने बताए । अझै केही समय कोभिड १९ को असर रहने हुनाले सतर्कता अपनाउन उनले आग्रह समेत गरेका छन ।
देशभरबाट फुसको छाना विस्थापित गरी जस्ताको छाना लगाउने काम भइरहेको चर्चा गर्दै उनले घरवासविहिनका लागि घरबास निर्माण गरी वितरण भइरहेको बताए । उनले भने, ‘आउने तिहारदेखि इलेक्ट्रिक बसहरु शहरमा सुचारु हुन्छ, शहरलाई आधुनिकीकरणको काम भइरहेको छ ।”
आयोजनाको मितिभन्दा अगाडि सम्पन्न गर्न प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई निर्देशन दिदै भने, “ढल निर्माण, सिंचाईका लागि नहर, ट्रान्समिसन लाइन, बाँध, विद्युत उत्पादन सबै सँगसँगै काम सम्पन्न हुनुपर्छ ।” आयोजनाको कामको जिम्मेवारी पाएका सबैलाई मेहनत र इमान्दारितासाथ काम गर्न उनले निर्देशन दिए ।










प्रतिक्रिया दिनुहोस्