काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ ।
नेकपाको विवाद चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची नराख्न निर्देशन दिनुभएको हो ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिने कार्यतालिका बनाईएको छ ।
संसद पुर्नस्थापनापछि आज पहिलो पटक संसदको बैठक बस्दै छ । बैठक आज दिउँसो ४ बजे बस्ने कार्यक्रम तय भएको छ ।










प्रतिक्रिया दिनुहोस्