समाचार

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु



सप्तरी, २३ फागुन । सप्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका-५ तारखोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४० प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रौतहटको देवाही गोनाही नगरपालिका-९ घरहरी निवासी ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दासलाई बाटो क्रस गर्ने क्रममा शुक्रबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगर पठाइएपनि उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका-६ बस्ने ३० वर्षीय मो. रमजानीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।